सिक्किम सरकारले राष्ट्रिय प्रेस दिवस २०२६ को अवसरमा चार पत्रकारलाई सम्मान गर्ने

हिमाली बेला
• स्थानीय • १४ नोभेम्बर, २०२६
सिक्किम सरकारले राष्ट्रिय प्रेस दिवस २०२६ को अवसरमा चार पत्रकारलाई सम्मान गर्ने

गान्तोक, १४ नोभेम्बर (आईपीआर): सिक्किम सरकारले पत्रकारिता र जनहितकारी रिपोर्टिङको क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत राष्ट्रिय प्रेस दिवस २०२६ को अवसरमा चारजना पत्रकारलाई सम्मान गर्ने भएको छ।

'प्रेस काउन्सिल अफ् इण्डिया' को स्थापनाको सम्झनामा तथा स्वतन्त्र र जिम्मेवार प्रेसको महत्त्वलाई आत्मसात गर्दै हरेक वर्ष 16 नोभेम्बरमा देशभरि 'राष्ट्रिय प्रेस दिवस' मनाइन्छ।

प्रिन्ट तथा इलेक्ट्रनिक मिडियामा २३ वर्षभन्दा बढ़ी अनुभव सँगालेका वरिष्ठ पत्रकार डिल्लीराम दुलाललाई पत्रकारिता, सम्पादकीय नेतृत्व, साहित्य र जनहितकारी रिपोर्टिङमा पुर्‍याएको योगदानका लागि 'वाईएन भण्डारी उत्कृष्ट पत्रकारिता पुरस्कार २०२६' प्रदान गरिनेछ।

'सीएनएन-न्यूज १८' र 'सिक्किम रिपोर्टर' की राज्य संवाददाता तथा सृष्टि प्रधानलाई जलवायु परिवर्तनसम्बन्धी रिपोर्टिङका ​​लागि 'मुख्यमन्त्री पुरस्कार २०२६' प्रदान गरिनेछ। उनले पर्यावरणीय चुनौती, विशेषगरी सन् २०२३ मा हिमाली क्षेत्रमा गएको जीएलओएफ तथा जलवायु परिवर्तनसँग सम्बन्धित अन्य घटनाबारे विस्तृत रिपोर्टिङ गरेकी थिइन्।

डिजिटल मिडिया प्लेटफर्म 'सिक्किम अवलोकन' की संस्थापक अर्चना प्रधानलाई महिलासम्बन्धी विषयमा रिपोर्टिङ गरेबापत 'मुख्यमन्त्री पुरस्कार २०२६' प्रदान गरिनेछ। उनले जनहितकारी पत्रकारितामार्फत महिलाहरूका उपलब्धि, सरोकार र सशक्तिकरणका विषयहरूलाई उजागर गरेकी छन्।

'सिक्किम भोइस'-का संस्थापक जीवन लिम्बूलाई मानव अधिकारसम्बन्धी रिपोर्टिङका ​​लागि 'मुख्यमन्त्री पुरस्कार २०२६' प्रदान गरिनेछ। उनले मानवीय गरिमा, कल्याण र आम नागरिकका अधिकारका विषयमा जनकेन्द्रित रिपोर्टिङ गरेका छन्।

यी पुरस्कारहरूले महत्त्वपूर्ण सामाजिक, पर्यावरणीय र विकाससम्बन्धी मुद्दाहरूलाई उजागर गर्न पत्रकारिताले निर्वाह गरेका भूमिका तथा जनचेतना अभिवृद्धिमा यसको योगदानलाई सम्मान गर्दछन्।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ