मिरिक, 13 नोभेम्बर (हिस): पहिलो हरिप्रसाद ‘गोर्खा’ राई युवा साहित्य सम्मान 2026 मिरिकका युवा साहित्यकार अजित विश्व ‘वियोगी’ लाई प्रदान गरिने भएको छ। चौतारी सामाजिक संस्था, असमले यस वर्षदेखि हरिप्रसाद ‘गोर्खा’ राई साहित्यिक सम्मान प्रदान गर्ने घोषणा गरेको छ। संस्थाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार विभिन्न विधामा प्रदान गरिने सम्मानमध्ये पहिलो युवा साहित्य सम्मानका लागि मिरिकका अजित विश्व ‘वियोगी’ चयन भएका छन्।
पश्चिम बङ्गालको दार्जीलिङ जिल्लाअन्तर्गत मिरिक महकुमाको मिलिकथुङ चियाबारी निवासी वियोगीको पहिलो कविता सङ्ग्रह ‘यथार्थभित्र गाउँ’ (2017) लाई आधार मानेर उक्त सम्मानका लागि चयन गरिएको हो। नेपाली साहित्य तथा कविताको क्षेत्रमा उनको सिर्जनशीलता र योगदानको कदरस्वरूप यो सम्मान प्रदान गर्न लागिएको संस्थाले जनाएको छ।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →स्थानीय • १४ नोभेम्बर, २०२६
स्थानीय • १३ नोभेम्बर, २०२६
स्थानीय • १३ नोभेम्बर, २०२६