सिक्किमका पूर्व राज्यपाल प्रसादद्वारा वर्तमान राज्यपाल गौतमसँग शिष्टाचार भेट

हिमाली बेला
• स्थानीय • १३ नोभेम्बर, २०२६
सिक्किमका पूर्व राज्यपाल प्रसादद्वारा वर्तमान राज्यपाल गौतमसँग शिष्टाचार भेट

गान्तोक, 13 नोभेम्बर (हिस): सिक्किमका राज्यपाल दुष्यन्त गौतमसँग शुक्रवार राज्यका पूर्व राज्यपाल गङ्गा प्रसादले लोकभवनमा शिष्टाचार भेट गरे। यस अवसरमा दुवैले एकार्काको कुशलक्षेम बुझ्नुका साथै विभिन्न समसामयिक विषयमा सार्थक छलफल गरे।

लोक भवनद्वारा जारी विज्ञप्तिअनुसार भेटका क्रममा पूर्व राज्यपाल गङ्गा प्रसादले सिक्किममा आफ्नो कार्यकालसँग जोड़िएका पुराना स्मृतिहरू वर्तमान राज्यपालसँग साझा गरे। उनले राज्यको प्राकृतिक सुन्दरता, सामाजिक सद्भाव र समृद्ध सांस्कृतिक परम्पराको प्रशंसा गर्दै आफ्ना अनुभवहरू पनि सुनाए।

भेटको अन्त्यमा राज्यपाल दुष्यन्त गौतमले पूर्व राज्यपाल गङ्गा प्रसादको उत्तम स्वास्थ्य, दीर्घायु तथा सक्रिय जीवनको कामना गरे।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ