यस प्रतियोगिताले सिक्किमको खेलकुद विरासतलाई निरन्तरता दिएको छः मुख्यमन्त्री
आक्रमण एससी र ब्ल्याक ईगल एफटी विजयी
गान्तोक, 5 अक्टोबर (हिस): मुख्यमन्त्री पीएस गोलेले सोमवार पाल्जर स्टेडियममा 42औँ अखिल भारतीय गभर्नर्स गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सहभागी हुन पाउँदा आफूलाई खुशी लागेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत गभर्नर्स गोल्डकप सिक्किमका सबैभन्दा प्रतिष्ठित तथा बहुप्रतीक्षित खेलकुद आयोजनामध्ये एक रहेको उल्लेख गरेका छन्।
मुख्यमन्त्री गोलेले गभर्नर्स गोल्डकपले सिक्किमको खेलकुद विरासतमा विशेष स्थान ओगटेको बताउँदै यस प्रतियोगिताले देशभरिका प्रतिभाशाली फुटबल खेलाड़ी तथा टोलीलाई एकै ठाउँमा ल्याउनुका साथै युवा खेलाड़ीलाई प्रेरित गर्ने र खेलभावनालाई अझ बलियो बनाउने उल्लेख गरेका छन्।
उनले प्रतियोगिताको अवसरमा सिक्किमका पूर्व मुख्यमन्त्री स्वर्गीय नरबहादुर भण्डारीको 86औँ जन्मजयन्तीका अवसरमा उनलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेको पनि बताएका छन्। सिक्किमको विकास र प्रगतिमा स्वर्गीय भण्डारीको अतुलनीय योगदान राज्यको इतिहास तथा सामूहिक स्मृतिको महत्त्वपूर्ण हिस्सा बनेर रहेको उल्लेख गरेका छन्।
मुख्यमन्त्री गोलेले सुन्दर खेल फुटबलको उत्सव मनाउँदै गर्दा सिक्किमको निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने र पुस्तौँलाई प्रेरणा दिइरहने व्यक्तित्वहरूको विरासतलाई पनि सम्मान गर्नुपर्ने बताएका छन्।
उनले प्रतियोगितामा सहभागी सबै टोलीलाई प्रतिस्पर्धात्मक, स्मरणीय र सफल प्रतियोगिताका लागि शुभकामना दिँदै उत्कृष्ट टोली विजयी बन्ने कामना गरेका छन्।
पहिलो खेलमा आक्रमण स्पोर्टिङ क्लबले गढवाल हिरोज एफसीलाई 2-0 ले पराजित गर्यो। उत्कृष्ट खेल प्रदर्शन गरेबापत् आक्रमण एससीका बक्सर प्रधानलाई म्यान अफ् द म्याच घोषित गरियो। दोस्रो खेलमा ब्ल्याक ईगल एफटीले जीटीए एकादशलाई 3-1 गोल अन्तरले पराजित गर्यो। ईगल एफटीका प्रणील गुरुङलाई म्यान अफ् द म्याच घोषित गर्यो।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →स्थानीय • ३० अक्टोबर, २०२६
स्थानीय • ३० अक्टोबर, २०२६
स्थानीय • ३० अक्टोबर, २०२६