अमेरिकाप्रति इरानको अविश्वास कायमै

हिमाली बेला
• अन्तर्राष्ट्रिय • १९ सेप्टेम्बर, २०२६
अमेरिकाप्रति इरानको अविश्वास कायमै

तेहरान, 19 सेप्टेम्बरः इरानका एक उच्च सुरक्षा अधिकारीले अमेरिकाप्रति तेहरानको गहिरो अविश्वास रहेको दोहोर्‍याउँदै वासिङ्टनले व्यावहारिक कदम चालेर विश्वासको वातावरण बनाउनुपर्ने बताएका छन्। अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले इराकको अर्धस्वायत्त कुर्दिस्तान क्षेत्रका प्याट्रियोटिक युनियन अफ कुर्दिस्तानका नेता बाफेल जलाल तालाबानीसँगको भेटमा बुधवार यस्तो बताएका हुन्। हामी कुनै पनि हालतमा अमेरिकालाई विश्वास गर्दैनौँ। उनीहरूले व्यावहारिक कदम चाल्नुपर्छ र हाम्रो विश्वास जित्नुपर्छ, रेजाईले भने।

उनले इरान र इराकी कुर्दिस्तान क्षेत्रबीचको सीमामा सुरक्षा सुनिश्चित गर्न तथा कुर्दिस्तान क्षेत्रमा सक्रिय इरानविरोधी समूहको सामना गर्नुपर्नेमा जोड़ दिए। साथै, उनले उक्त क्षेत्रमा इजरायलको गतिविधिप्रति पनि चेतावनी दिए। यसअघि बुधवार नै इरानका राष्ट्रपति मसुद पेजेस्कियानले तालाबानीसँगको भेटमा पश्चिम एसियामा कलह र द्वन्द्व निम्त्याउने विदेशी प्रयासप्रति सचेत रहनुपर्ने बताएका थिए। राष्ट्रपतिको कार्यालयको ‘वेबसाइट’मा प्रकाशित विज्ञप्तिअनुसार उहाँले क्षेत्रीय सहयोग र संवादमार्फत अस्थिरता तथा मतभेदका कारण हटाउनुपर्नेमा जोड़ दिए। पेजेस्कियानले छिमेकी मुलुकसँगका विद्यमान समस्या संवाद र सहकार्यबाट समाधान गर्न इरान तयार रहेको बताए। साथै, सबै पक्षले असल छिमेकीपनको सिद्धान्त पालना गर्दै अत्यधिक माग र अनुपयुक्त व्यवहारबाट टाढ़ा रहनुपर्नेमा जोड़ दिए।

तस्निमका अनुसार रेजाईसँगको भेटमा तालाबानीले इरान-इराकी कुर्दिस्तान सीमामा सुरक्षा सुनिश्चित गर्न तथा सीमावर्ती क्षेत्रमा रहेका इरानविरोधी समूहसँग सम्बन्धित समस्या समाधान गर्नुपर्ने बताए। इरानी राष्ट्रपतिको कार्यालयका अनुसार तालाबानीले सीमावर्ती क्षेत्रमा सक्रिय क्रान्तिविरोधी समूहलाई उक्त क्षेत्रबाट हटाउन तथा इरानसँगको साझा सीमाको सुरक्षा सुनिश्चित गर्न इराकी कुर्दिस्तान क्षेत्र प्रतिबद्ध रहेको बताएका थिए।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ