दुष्यन्त गौतम सिक्किमका नयाँ राज्यपाल नियुक्त

हिमाली बेला
• स्थानीय • १२ अक्टोबर, २०२६
दुष्यन्त गौतम सिक्किमका नयाँ राज्यपाल नियुक्त

गान्तोक, 12 अक्टोबरः राष्ट्रपतिले सोमवार 6 राज्यमा नयाँ राज्यपाल नियुक्त गरेकी छन्। तीमध्ये एक महिला रहेकी छन्। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरलाई केरलका राज्यपाल बनाइएको छ। त्यहीँ भाजपा नेता तथा सामाजिक कार्यकर्ता दुष्यन्त गौतमलाई सिक्किमका राज्यपाल बनाइएको छ।

गौतम भाजपाका नेता र सामाजिक कार्यकर्ता हुन्। उनी सानैदेखि राष्ट्रिय स्वयंसेवक सङ्घका गतिविधिसित जोड़िएका थिए भने पछि भाजपाको प्रचार, सङ्गठन तथा डिजिटल अभियानमा सक्रिय भए। मार्च, 2026 मा उनलाई भारतीय खेल प्राधिकरणका सदस्य पनि नियुक्त गरिएको थियो।

अर्कोतिर, भाजपा सिक्किमले नयाँ राज्यपालमा नियुक्त भएकोमा दुष्यन्त गौतमलाई हार्दिक बधाई तथा शुभकामना दिएको छ। भाजपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “उनको कार्यकाल सफल रहोस् भन्ने कामना गर्दै सिक्किममा शान्ति, प्रगति र विकासलाई अघि बढ़ाउन उनको मार्गदर्शन प्राप्त हुने अपेक्षा गर्दछौँ साथै सिक्किमका राज्यपालको रूपमा विशिष्ट सेवा पुर्‍याएकोमा ओम प्रकाश माथुरप्रति भाजपा सिक्किम हार्दिक आभार व्यक्त गर्दछ। उनको बहुमूल्य मार्गदर्शन, उत्कृष्ट नेतृत्व र सिक्किमका जनताको हितप्रतिको दृढ़ प्रतिबद्धता सधैँ उच्च सम्मानका साथ स्मरण गरिनेछ।”

भाजपा सिक्किमले दुवै नेताको आ-आफ्नो भूमिकामा सफलताको कामना गरेको छ भने सिक्किमका जनताको हित तथा आकाङ्क्षाहरू पूरा गर्न सदैव प्रतिबद्ध रहने बताएको छ।

डा. सुधा यादवलाई कर्नाटकका राज्यपाल बनाइएको छ। त्यहीँ बृज मोहनलाई राम ओडिशा र डा. ढाल सिंह बिसेनलाई उत्तराखण्डका राज्यपाल नियुक्त गरिएको छ।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ