रिम्बी सड़क पुनः सञ्चालनमा

हिमाली बेला
• स्थानीय • २७ सेप्टेम्बर, २०२६
रिम्बी सड़क पुनः सञ्चालनमा

गेजिङ, 27 सेप्टेम्बर (आईपीआर): रिम्बी क्षेत्रको यातायात सम्पर्क पुनःस्थापित गर्न जनप्रतिनिधि तथा सम्बन्धित विभागहरूसँगको समन्वयमा गेजिङ जिल्ला प्रशासनले गरेको निरन्तर प्रयासपछि रिम्बी सड़क सबै प्रकारका सवारी साधनको आवतजावतका लागि पुनः सञ्चालनमा ल्याइएको छ।

हालै गएको भीषण पैह्रोका कारण उक्त सड़कमा ठुलो क्षति पुगेको थियो, फलतः सामान्य आवतजावत र सम्पर्कमा अवरोध पुगेको थियो। निरन्तर अनुगमन र मरम्मत-सम्भारका प्रयासपछि अब उक्त सड़क सबै प्रकारका आवतजावतका लागि सुचारु भएको छ।

सड़कको मरम्मत र पुनः सञ्चालन कार्यको निरीक्षण गर्न गेजिङका जिल्लापाल तेञ्जिङ डी डेञ्जोङ्पा, जिल्ला अध्यक्ष डीएस लिम्बू, सड़क तथा पुल विभागका अभियन्ता र विभिन्न सम्बन्धित विभागका अधिकारीहरू घटनास्थलमा उपस्थित थिए।

जिल्ला प्रशासनले आवश्यक सम्पर्क व्यवस्था पुनःस्थापित गर्न र प्रभावित बासिन्दाहरूलाई पर्ने असुविधा कम गर्न स्थितिको नजिकबाट अनुगमन गर्नुका साथै सम्बन्धित विभागहरूसँग समन्वय गरिरहेको छ।

सड़क पुनः सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाहरूले ठूलो राहत महसुस गर्ने तथा यस क्षेत्रमा अत्यावश्यक सामग्री, आपतकालीन सेवा र सवारी साधनहरूको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ