रम्फूको माइनिङमा सिकाको आवासीय परिसरको उद्घाटन

हिमाली बेला
• स्थानीय • ०८ अक्टोबर, २०२६
रम्फूको माइनिङमा सिकाको आवासीय परिसरको उद्घाटन

पाकिम, 8 अक्टोबर (आईपीआर): विधायक तथा विद्युत् विभागका सल्लाहकार सञ्जित खरेलले विधायक आदित्य गोले र विधायक तथा सड़क एवं पुल विभागका सल्लाहकार इरुङ तेञ्जिङ लेप्चाको उपस्थितिमा बिहीवार रम्फूको माइनिङमा सिक्किम क्रिकेट एसोसिएशन (सिका)-को आवासीय परिसरको औपचारिक उद्घाटन गरेका छन्।

उक्त समारोहमा आईपीआर विभागकी सचिव अन्नपूर्ण आले, खेलकुद विभागकी सचिव याङ्चेन डोमा तामाङ, एसबीएसका प्रबन्ध निर्देशक (एमडी) फुर्बा वाङ्दी भोटिया, सिकाका अध्यक्ष टीका सुब्बाका साथै विभिन्न सम्बन्धित विभागका अधिकारीगण, सिकाका पदाधिकारी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

यो उद्घाटन राज्यमा क्रिकेट खेलाड़ीहरूका लागि आवासीय तथा प्रशिक्षण सुविधाहरू सुदृढ़ गर्ने दिशामा जारी एक कदम हो। यस परिसरमा सिका आवासीय एकाडेमीमा प्रशिक्षण लिइरहेका युवा क्रिकेट खेलाड़ीहरूलाई आवास र आवश्यक सहयोग प्रदान गर्न विभिन्न सुविधा समावेश गरिएको छ।

सिकाको आवासीय परिसर राज्यको ‘क्रिकेट इकोसिस्टम’ (क्रिकेटको समग्र वातावरण) निर्माण गर्ने दूरदर्शी योजनाको एक हिस्सा हो। यसको उद्देश्य तृणमूल तहबाटै खेलाड़ीहरूलाई हुर्काउनु र उनीहरूलाई उच्चस्तरीय टोली तथा राष्ट्रियस्तरको क्रिकेटसम्म पुग्न सहयोग गर्नु हो। यस परिसरमा सिका गेस्ट हाउस, डर्मिटरी, छात्र तथा छात्रा होस्टेल, भान्सा र भोजन कक्ष समावेश छन्, जहाँ लगभग 150 खेलाड़ी र 40-50 जना सहयोगी कर्मचारीका लागि आवासको व्यवस्था छ।

शुरुमा लगभग 12-15 खेलाड़ीबाट सञ्चालनमा आएको सिका आवासीय एकाडेमी विस्तारै विस्तार हुँदै 30-40 खेलाड़ीसम्म पुग्यो र हाल यहाँ लगभग 70 युवा क्रिकेट खेलाड़ी छन्। एसोसिएशनले एकाडेमीका खेलाड़ीहरूलाई विद्यालय शिक्षा, पोसाक र अन्य आवश्यक कुराहरूमा पनि सहयोग प्रदान गर्दछ।

यसका साथै एसोसिएशनले खेलाड़ीहरूका लागि क्रिकेटलाई पेशा (करियर)-को रूपमा अघि बढ़ाउने व्यवस्थित मार्ग पनि तयार पारेको छ। वरिष्ठ पुरुष तथा महिला खेलाड़ीहरूले ‘म्याच फी’ (खेल शुल्क) प्राप्त गर्छन्, जसमा उनीहरूको दैनिक आय करिब 50 हजार रुपियाँँसम्म हुन्छ। यसका साथै एकाडेमीका पूर्व खेलाड़ीहरू प्रशिक्षक र फिजियोथेरापिस्टको भूमिकामा पनि अघि बढ़ेका छन्। उद्घाटन कार्यक्रमअघि साना बालकबालिकामाझ खेलकुदको प्रवर्द्धन गर्ने तथा क्रिकेट र अन्य खेलकुद गतिविधिहरूमा अझ बढ़ी सहभागिताका लागि प्रोत्साहित गर्ने उद्देश्यले छः वटा जिल्लाका 24 वटा विद्यालयलाई क्रिकेटका सामग्री तथा किटहरू वितरण गरियो।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ