लिङ्खिमटारमा सिक्किम साहसिक पर्यटन महोत्सवको छैटौँ दिन विभिन्न गतिविधि आयोजित

हिमाली बेला
• स्थानीय • ०६ नोभेम्बर, २०२६
लिङ्खिमटारमा सिक्किम साहसिक पर्यटन महोत्सवको छैटौँ दिन विभिन्न गतिविधि आयोजित

नाम्ची, 6 नोभेम्बर (आईपीआर): सिक्किम साहसिक पर्यटन महोत्सवको छैटौँ दिनमा एक रोमाञ्चक ‘एडभेञ्चर रिले’ सम्पन्न भयो। यसमा ‘सिक्किम इन्स्पायर्स’ का छः जना सदस्यसहित सात सदस्यीय टोली राफ्टमार्फत दिउँसो लगभग 1ः40 बजी लिङ्खिम टार आइपुग्यो।

यस गतिविधिले साहसिक भावना, सामूहिक कार्य र सहनशीलतालाई उजागर गर्‍यो, जसले साताव्यापी महोत्सवमा समावेश गरिएका विविध अनुभवहरूमा थप आयाम थप्यो। सोही दिन ‘अब्स्टकल रेश च्यालेञ्ज’ पनि आयोजना गरियो, जसमा पर्यटन तथा नागरिक उड्डयन विभागको आतिथ्य शाखा र जिल्ला पर्यटन कार्यालयका सहभागीहरूले भाग लिए। उनीहरूले यस क्रममा आफ्नो फुर्तिलोपन, समन्वय र सामूहिक भावना प्रदर्शन गरे।

विभागभित्र र विभिन्न विभागबीच सञ्चालित यस ‘अब्स्टकल रेस’ प्रतियोगिताको अन्तिम चरण भोलि आयोजन हुनेछ, जससँगै यो प्रतिस्पर्धा सम्पन्न हुनेछ।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ