गान्तोक, 14 नोभेम्बरः सिक्किम सरकारको शिक्षा विभागले प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको जयन्तीको अवसरमा आज बाल दिवस समारोह आयोजना गरेको छ। गान्तोकस्थित सम्मान भवननजिकैको नेहरू पार्कमा आयोजित कार्यक्रममा बालकबालिकाप्रति विशेष स्नेह र प्रेमका कारण ‘चाचा नेहरू’ का रूपमा परिचित पण्डित जवाहरलाल नेहरूलाई स्मरण गरियो।
कार्यक्रममा शिक्षामन्त्री राजु बस्नेत मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए। यस अवसरमा शिक्षा विभागका प्रधान सचिव सन्दीप ताम्बे, विद्यालय शिक्षा सचिव टाशी छोपेल तथा पीसीई एवं सचिव चेतराज मिश्रलगायत विभागका निर्देशक, अधिकारी, शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा मुख्य अतिथि शिक्षा मन्त्री बस्नेतले पण्डित जवाहरलाल नेहरूको अर्धकदको प्रतिमामा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे। त्यसपछि शिक्षा विभागका अन्य अधिकारीहरूले पनि श्रद्धाञ्जली अर्पण गरेका थिए।
समारोहमा राज्यका विभिन्न सरकारी विद्यालयका करिब १०० जना विद्यार्थीले सहभागिता जनाएका थिए। मन्त्री बस्नेतले बालकबालिकाहरूसँग अन्तरक्रिया गर्दै उनीहरूसँग आत्मीय क्षण बिताए साथै उनले बालकबालिकाहरूलाई मिठाई वितरण गरेपछि समारोहमा थप उत्साह र खुशी छाएको थियो।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →स्थानीय • १४ नोभेम्बर, २०२६
स्थानीय • १४ नोभेम्बर, २०२६
स्थानीय • १३ नोभेम्बर, २०२६