गान्तोक, 13 नोभेम्बर (हिस): मुख्यमन्त्री पीएस गोलेले आज आफ्नो सरकारी निवासमा ब्याडमिन्टन एसोसिएसन अफ् सिक्किमका कार्यकारी सदस्यहरूसँग भेटघाट गरेका छन्।
मुख्यमन्त्रीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उक्त भेटघाट आगामी ४९औँ योनेक्स-सनराइज अन्तरराज्यीय तथा अन्तरक्षेत्रीय जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०२६ को तयारीमा केन्द्रित रहेको बताएका छन्।
मुख्यमन्त्रीले सिक्किमले आयोजना गर्ने यस प्रतियोगितामा देशभरिका २८ राज्य र पाँच केन्द्रशासित प्रदेशसहित कुल ३८ टोलीको सहभागिता रहने जानकारी गराएका छन्। उनले यति ठूलो स्तरको राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न पाउनु सिक्किमका लागि गौरव र प्रतिष्ठाको विषय भएको बताएका छन्।
यस प्रतियोगिताले राज्यको बढ्दो खेलकुद क्षमतालाई राष्ट्रियस्तरमा प्रस्तुत गर्ने, युवा ब्याडमिन्टन खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने तथा खेलकुद प्रवर्द्धन र उदीयमान खेलाड़ीहरूको विकासप्रतिको प्रतिबद्धतालाई थप सुदृढ़ बनाउने उनले उल्लेख गरेका छन्।
मुख्यमन्त्री गोलेले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न तयारीमा जुटेका ब्याडमिन्टन एसोसिएसन अफ् सिक्किमका पदाधिकारी तथा सम्पूर्ण सम्बन्धित व्यक्तिहरूलाई शुभकामना व्यक्त गर्दै प्रतियोगिता स्मरणीय र भव्य सफलताको रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →स्थानीय • १४ नोभेम्बर, २०२६
स्थानीय • १४ नोभेम्बर, २०२६
स्थानीय • १४ नोभेम्बर, २०२६