राज्यपाल गौतमको अध्यक्षतामा उच्चस्तरीय समन्वय बैठक, मुख्यमन्त्रीसहित मन्त्रीपरिषद्का सदस्यहरू सहभागी

हिमाली बेला
• स्थानीय • ०५ नोभेम्बर, २०२६
राज्यपाल गौतमको अध्यक्षतामा उच्चस्तरीय समन्वय बैठक, मुख्यमन्त्रीसहित मन्त्रीपरिषद्का  सदस्यहरू सहभागी

गान्तोक, 5 नोभेम्बर (हिस): सिक्किमका राज्यपाल दुष्यन्त गौतमको अध्यक्षतामा आज लोकभवनमा राज्य प्रशासनसँग पहिलो औपचारिक समन्वय बैठक सम्पन्न भएको छ। राज्यको सर्वोच्च संवैधानिक पदको कार्यभार सम्हालेपछि राज्यपालको अध्यक्षतामा आयोजित यो पहिलो औपचारिक समीक्षा तथा परिचयात्मक बैठक थियो।

बैठकमा मुख्यमन्त्री पीएस गोलेको विशेष उपस्थिति रहेको थियो। यसका साथै राज्य मन्त्रीपरिषद्का सदस्य, मुख्य सचिव आर तेलाङ, लोकभवनका आयुक्त एवं सचिव तथा मुख्यमन्त्रीका प्रधान सचिवको सहभागिता रहेको थियो।

बैठकको प्रारम्भमा मुख्य सचिव आर तेलाङले स्वागत सम्बोधन राखे। त्यसपछि मुख्यमन्त्रीले राज्यपाललाई मन्त्रीपरिषद्का सबै सदस्यसँग औपचारिक परिचय गराउँदै सिक्किम सरकारका प्राथमिकता, सञ्चालनमा रहेका प्रमुख विकास परियोजना तथा भावी कार्ययोजनाबारे जानकारी गराए।

यस क्रममा राज्यपाल गौतमले सम्बन्धित मन्त्रीहरूबाट केन्द्र तथा राज्य सरकारद्वारा सञ्चालित विभिन्न जनकल्याणकारी योजना र प्रमुख पहलहरूको प्रगतिबारे जानकारी लिए। उनले विभिन्न योजनाको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूको वास्तविक उद्देश्य राज्यका प्रत्येक नागरिकको सर्वाङ्गीण कल्याण सुनिश्चित गर्नु रहेको उल्लेख गरे।

राज्यपालले दुर्गम क्षेत्रसम्म आधारभूत सुविधाको पहुँच सुनिश्चित गर्ने, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि तथा पर्यावरण संरक्षणजस्ता प्रमुख क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने आवश्यकतामाथि जोड़ दिए। उनले लोकभवनको निरन्तर सहयोग र राज्य सरकारसँगको सुदृढ़ समन्वयबाट सिक्किम तथा यहाँका नागरिकलाई विकासको नयाँ उँचाइमा पुर्‍याउन सकिने विश्वास व्यक्त गरे।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ