गान्तोक, 12 नोभेम्बर (हिस): मङ्गन नगर पञ्चायतलाई स्वच्छ सर्वेक्षण पुरस्कार २०२५-२६ अन्तर्गत सिक्किमकै प्रथम स्वच्छ शहरको पुरस्कार प्रदान गरिएको छ। बुधवार नयाँ दिल्लीस्थित विज्ञान भवनमा आयोजित समारोहमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले उक्त प्रतिष्ठित पुरस्कार प्रदान गरिन्।
पुरस्कार वितरण समारोहमा सिक्किमको प्रतिनिधित्व शहरी विकास विभागका आयुक्त एवं सचिव जितेन्द्र सिंह राजे, विशेष सचिव जिग्मी वाङ्चुक भोटिया, मङ्गन नगर पञ्चायतका पार्षद् छिरिङ सारिङ, नगर कार्यकारी अधिकारी कार्जङ भोटियालगायत अन्य अधिकारी तथा प्रतिनिधिहरूले गरेका थिए।
२०२२ देखि लगातार पाँचौँ वर्ष मङ्गन नगर पञ्चायतले यही पुरस्कार प्राप्त गर्दै आएको छ। यस उपलब्धिले स्वच्छता तथा सरसफाइप्रतिको निरन्तरता, कड़ा परिश्रम र दृढ़ प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको बताइएको छ।
शून्य फोहोर व्यवस्थापन तथा समुदायको सक्रिय सहभागिताका लागि मङ्गनले गरेका प्रयासहरूको पनि प्रशंसा गरिएको छ।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →स्थानीय • १४ नोभेम्बर, २०२६
स्थानीय • १४ नोभेम्बर, २०२६
स्थानीय • १४ नोभेम्बर, २०२६