वन तथा पर्यावरण विभागद्वारा चेक वितरणसहित बाल दिवस पालन

हिमाली बेला
• स्थानीय • १५ नोभेम्बर, २०२६
वन तथा पर्यावरण विभागद्वारा चेक वितरणसहित बाल दिवस पालन

गान्तोक, 14 नोभेम्बर (आईपीआर): वन तथा पर्यावरण विभागले बाल दिवस 2026 को अवसरमा ‘मेरो रूख, मेरो सन्तति’ अभियानलाई अझ सशक्त बनाउँदै राज्यभरि विभिन्न कार्यक्रम आयोजना गरेको छ। यसअन्तर्गत ‘सिक्किम शिशु समृद्धि योजना’ मार्फत चेक वितरण, सरसफाइ अभियान, बिरुवा रोपन कार्यक्रम र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरियो। यी गतिविधिहरूको मुख्य उद्देश्य वनसम्बन्धी पहलहरूलाई प्रवर्द्धन गर्नु र पर्यावरणीय चेतना अभिवृद्धि गर्नु रहेको थियो, जसमा राज्यका आगलागीको जोखिम बढ़ी भएका क्षेत्रहरूलाई विशेष प्राथमिकता दिइएको थियो।

नामली वार्डको नौ माइलमा आयोजित कार्यक्रममा क्षेत्र विधायक तथा सार्वजनिक लेखा समिति (पीएसी)-का अध्यक्ष सोनाम भेञ्चुङ्पा मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा ‘सिक्किम शिशु समृद्धि योजना’ अन्तर्गत 48 जना लाभार्थीलाई चेक वितरण गरियो। कार्यक्रममा पञ्चायत अध्यक्ष अम्बिका भट्टराई, पीएचई विभागकी अध्यक्ष छुमिला भोटिया, एसीएफ (एसीएफ) कर्मा सोनाम भोटिया, रानीपुलका रेञ्ज अधिकारी प्रणिता परियार, वन तथा पर्यावरण विभागका अधिकारी र अन्य हितधारकको उपस्थिति रहेको थियो।

त्यसैगरी, बुलबुलेस्थित रेडियो स्टेशनमा आयोजित कार्यक्रममा बोजोघारी दुई माइलकी वार्ड पार्षद् ओङ्देन भोटिया, गान्तोक (क्षेत्रीय)-का रेञ्ज अधिकारी आशिष गुरुङ तथा वन एवं पर्यावरण विभागका अधिकारीगणको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा ‘सिक्किम शिशु समृद्धि योजनाअन्तर्गत 10 जना लाभार्थीलाई चेक वितरण गरियो।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ