भूटान फुटहिल रन 2026 मा सिक्किमका धावकहरूको उत्कृष्ट प्रदर्शन

हिमाली बेला
• स्थानीय • १५ नोभेम्बर, २०२६
भूटान फुटहिल रन 2026 मा सिक्किमका धावकहरूको उत्कृष्ट प्रदर्शन

गान्तोक, 15 नोभेम्बरः भूटानको साम्ची जोङ्खामा आयोजित पहिलो ‘साम्ची भूटान फुटहिल रन 2026’ मा सिक्किमका पाँच धावकले सहभागिता जनाएका छन्। 200 भन्दा बढ़ी धावकको सहभागिता रहेको यस कार्यक्रममा ‘ढासु जोङ्दा’ मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए।

सिक्किमका सहभागीहरूमध्ये टीका एम मगरले 10 किलोमिटर दौड़को आफ्नो उमेर समूहमा पहिलो स्थान हासिल गरिन् भने अर्जुन शाक्यले आफ्नो समूहमा समग्रमा पाँचौँ स्थान प्राप्त गर्दै राज्यको नाम उज्ज्वल बनाए।

सिक्किमको प्रतिनिधित्व गर्ने पाँच धावकमा टीका एम मगर, पिञ्चो छेवाङ भोटिया, अर्जुन शाक्य, दीपा राई र सन्तोष गुरुङ रहेका थिए।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ