स्टकहोम, 8 अक्टोबरः क्यानडेली लेखिका तथा कवि एन कार्सनलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। आयोजक स्विडिश एकाडेमीले आज यो वर्षको प्रतिष्ठित पुरस्कारको घोषणा गरेको हो।
शास्त्रीय परम्परासँगको चञ्चल र सिर्जनात्मक संवादमार्फत समकालीन साहित्यका लागि नयाँ रूपहरू सिर्जना गर्ने उनको साहसिक तथा आविष्कारक लेखन शैलीका लागि यो पुरस्कार प्रदान गरिएको नोबेल कमिटीले जनाएको छ। पुरस्कारको राशि झण्डै 1२ लाख अमेरिकी डलर रहेको छ।
कविता, गद्य, संवाद र अनुवादको एक अनौठो र विधागत सीमा तोड्ने समिश्रणका रूपमा ७६ वर्षीय कार्सनको लेखनशैलीलाई लिइन्छ। प्राचीन ग्रीक साहित्यको अनुवादमा ख्याति कमाएकी उनको लेखनमा त्यसको गहिरो प्रभाव पाइन्छ। सन् १९९८ को उपन्यास ‘अटोबायोग्राफी अफ रेड’ उनको निकै चर्चित कृति हो। उनको विशिष्ट शैली सन् २०१९ को ‘नर्मा जीन बेकर अफ् ट्रोय’-मा पनि झल्किन्छ। युरिपिडिजको प्राचीन नाटक ‘हेलेन’ मा उल्लेखित ट्रोयकी हेलेन र मर्लिन मनरोको कथालाई मिसाएर यो कृति तयार गरिएको थियो।
कार्सनको यो जीतसँगै उनी अलेक्जेन्डर सोल्झेनित्सिन, एलिस मुनरो र अर्नेस्ट हेमिङवेजस्ता विश्वप्रसिद्ध साहित्यकारहरूको सूचीमा जोड़िएकी छन्।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →अन्तर्राष्ट्रिय • १४ अक्टोबर, २०२६
अन्तर्राष्ट्रिय • १३ अक्टोबर, २०२६
अन्तर्राष्ट्रिय • १२ अक्टोबर, २०२६