गान्तोक, 26 अक्टोबरः सिक्किम स्टेट बडी बिल्डिङ एसोसिएशन (एसएसबीबीए)-ले आगामी 31 अक्टोबरमा रानीपुलस्थित सरम्सा गार्डेनमा मिस्टर सिक्किमको 25औँ संस्करण तथा मेन्स एण्ड विमेन्स फिजिक्स च्याम्पियनशिपको आठौँ संस्करण आयोजन गर्ने तयारी पूरा गरेको छ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसएसबीबीएका अध्यक्ष अरुण कुमार गुरुङले भने, “सिक्किमको सबैभन्दा पुरानो बडी बिल्डिङ संस्थाका रूपमा रहेको एसएसबीबीएका लागि यो वर्ष मिस्टर सिक्किमको 25औँ संस्करण आयोजन गर्नु निकै गौरव र सम्मानको विषय हो। मिस्टर सिक्किम भने सिक्किमका बडी बिल्डरहरूका लागि एक प्रतिष्ठित प्रतियोगिता हो।”
“एसएसबीबीएले आफ्नो रजत जयन्तीको कोसेढुङ्गा पार गरेको छ र यस वर्षको प्रतियोगिता राज्यका बडी बिल्डरहरूका लागि विशेष अर्थ राख्छ”-उनले जानकारी दिँदै भने, “यस वर्ष कुल छः विधामा प्रतियोगिता सञ्चालन हुनेछन्। मिस्टर सिक्किमअन्तर्गत 55 केजी, 65 केजी, 70 केजी र 70 केजीभन्दा माथिका तौल समूह गरी चार विधामा प्रतिस्पर्धा हुनेछ। यो प्रतियोगिता विशेष गरी सिक्किमका बडी बिल्डरहरूका लागि मात्र हो। सहभागी हुन चाहनेहरूले पञ्जीकरणका लागि सीओआई, आरसी वा एसएससीजस्ता दस्तावेज पेश गर्नुपर्नेछ।”
त्यसैगरी, महिला तथा पुरुष फिजिक्स च्याम्पियनशिपको आठौँ संस्करण एक ओपन प्रतियोगिता हो, जसमा देशका अन्य भागका साथै अन्य देशका खेलाड़ी तथा उत्साहीहरूले पनि भाग लिन सक्नेछन्। विगतमा पनि विभिन्न ठाउँका खेलाड़ीले यसमा सहभागिता जनाउँदै प्रतियोगितालाई भव्य सफलता दिलाएका थिए।
यसबाहेक, डेनिम जिन्स प्रतियोगिताको दोस्रो संस्करण र विमेन्स स्पोर्ट्स फिजिक्सफ को दोस्रो संस्करण पनि आयोजना गरिनेछ साथै, यस वर्षदेखि बडी बिल्डिङमा रुचि राख्नेहरूलाई लक्षित गर्दै संस्थाले पहिलोपटक क्लासिक फिजिक्स प्रतियोगिता पनि समावेश गरेको छ। यस विधामा परम्परागत बडी बिल्डिङको तुलनामा मांसपेशीको आकारभन्दा पनि शरीरको सन्तुलन वा सममितिलाई बढ़ी महत्त्व दिइन्छ। प्राकृतिक शरीर भएका युवा उत्साहीहरूलाई यसमा सहभागी हुन प्रोत्साहित गरिएको छ। सहभागीहरूले भविष्यमा राष्ट्रियस्तरका साथै ओलम्पियाजस्ता अन्तरराष्ट्रिय मञ्चहरूमा पनि क्लासिक फिजिक्स विधामा प्रतिस्पर्धा गर्न सक्ने जानकारी दिइएको छ। एसएसबीबीएका अध्यक्ष गुरुङले अझ भने, “एसएसबीबीए राज्यको सबैभन्दा पुरानो बडीबिल्डिङ सङ्घ हो, जसले गत 30 वर्षदेखि युवा तथा उदीयमान बडीबिल्डरहरूलाई यस खेलमा लाग्न प्रेरित गर्दै आएको छ। फिटनेशप्रति रुचि राख्नेहरूको सङ्ख्या बढ्दै गएसँगै प्रतियोगिताका विभिन्न विधा पनि थपिएका छन्, जसले नयाँ बडीबिल्डरहरूका लागि एउटा मञ्च प्रदान गरेको छ।”
मिस्टर सिक्किमको 25औँ संस्करण र मेन्स एण्ड विमेन्स फिजिक्स च्याम्पियनशिपको आठौँ संस्करण यसपालि पहिलोपटक गान्तोक बाहिर रानीपुलस्थित सरम्सा गार्डेनमा खुल्ला स्थानमा आयोजना गरिँदैछ।
यस वर्षको प्रतियोगिताका लागि पञ्जीकरण प्रक्रिया 30 अक्टोबरको दिन बिहान 10ः00 बजीदेखि दिउँसो 3ः00 बजीसम्म कार्यक्रम स्थलमै हुने जानकारी दिइएको छ। प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार, ट्रफी र पदक प्रदान गरिनेछ। यस च्याम्पियनशिपका लागि कुल पाँच लाख रुपियाँ नगद पुरस्कार राशि छुट्याइएको छ।
सङ्घअनुसार गत च्याम्पियनशिपमा 150 जना खेलाड़ीले सहभागिता जनाएका थिए भने यस वर्ष पनि प्राप्त जिज्ञासा र चासोलाई हेर्दा 150 भन्दा बढ़ी खेलाड़ी सहभागी हुने अपेक्षा गरिएको छ। उक्त पत्रकार सम्मेलनलाई एसएसबीबीएका महासचिव सुमन तामाङ र उपाध्यक्ष राहुल शारदाले पनि सम्बोधन गरेका थिए।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →स्थानीय • ०१ नोभेम्बर, २०२६
स्थानीय • ०१ नोभेम्बर, २०२६
स्थानीय • ०१ नोभेम्बर, २०२६