नवनियुक्त राज्यपाल दुष्यन्त गौतमले लिए सिक्किमका 19औँ राज्यपालको रूपमा शपथ

हिमाली बेला
• स्थानीय • १९ अक्टोबर, २०२६
नवनियुक्त राज्यपाल दुष्यन्त गौतमले लिए सिक्किमका 19औँ राज्यपालको रूपमा शपथ

गान्तोक, 19 अक्टोबरः सिक्किमका नवनियुक्त राज्यपाल दुष्यन्त गौतमले आज राज्यका 19औँ राज्यपालको रूपमा आधिकारिक रूपमा शपथ ग्रहण गरेका छन्। सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश, न्यायमूर्ति ए. मोहम्मद मुश्ताकले लोकभवनमा आयोजित शपथ समारोहमा उनलाई पद एवं विश्वसनीयताको शपथ दिलाए।

शपथ ग्रहण समारोहउपरान्त मुख्यमन्त्री पीएस गोलेले नवनियुक्त राज्यपाललाई बधाई प्रेषित गर्दै स्वागत गरे र विधानसभा अध्यक्ष, उपाध्यक्ष, मन्त्रीगण, राज्यका वरिष्ठ अधिकारीगण एवं उपस्थित गणमान्य अतिथिहरूसित परिचय गराए। यसअवधि सबै गणमान्यजनले बधाई एवं शुभकामना दिए।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ