पेरिस, 25 सेप्टेम्बरः पोप लियो चौधौँ शुक्रवार फ्रान्स आइपुगेका छन्। फ्रान्समा यो उनको १८ वर्षपछिको पहिलो आधिकारिक भ्रमण हो ।
यस भ्रमणमा कृत्रिम बुद्धिमत्ता (एआई), धार्मिक आस्थावान युवाहरूसँगको भेट र भविष्यमा युरोपको एजेन्डा के हुने भन्ने विषयलाई केन्द्रमा राखी भेटघाट छलफल तथा सम्बोधन गर्ने कार्यक्रम छ।
गत वर्ष पोपमा निर्वाचित लियो चौधौँकी हजुरआमा (बुवाकी आमा) फ्रान्समा जन्मिएकी थिइन्। उनी स्थानीय समयअनुसार शुक्रवार बिहान करिब १0:00 बजी पेरिस नजिकै अवतरण गर्दा देशभरि चर्चका घण्टीहरू बज्न थालेका थिए। उनी चार दिनसम्म फ्रान्समा रहनेछन्।
राष्ट्रपति इम्यानुएल म्याक्रोँ र उनकी पत्नी ब्रिजिटले विमानस्थलमा ७१ वर्षीय पोपलाई स्वागत गरेका थिए। भ्याटिकन प्रमुख पोप बेनेडिक्ट सोह्रौँको सन् २००८ सेप्टेम्बरपछिको यो उनको पहिलो आधिकारिक भ्रमण हो।
“म फ्रान्समा पनि संसारको जुनसुकै ठाउँमा जस्तै येशू ख्रीष्टका अनुयायीका रूपमा यात्रा गर्दैछु, जसले संसारभरि ख्रीष्टको शान्ति घोषणा गर्न चाहन्छ,”-पोप लियोले विमानमा पत्रकारहरूसँग भने।
उनले यो सन्देश ‘अहिलेको समयमा विशेष रूपमा महत्त्वपूर्ण’ रहेको बताए। पेरिसका विभिन्न कार्यक्रमहरूमा पहिलो दुई दिनमा करिब १० लाख मानिसको उपस्थिति अपेक्षित छ।
म्याक्रोँलाई प्रतिस्थापन गर्ने र दक्षिणपन्थी शक्ति हावी हुनसक्ने अनुमान गरिएको निर्वाचन हुन सात महिना मात्र बाँकी रहँदा पोपले एआईले निम्त्याएको जोखिम, बसाइँसराइ सङ्कट, पादरीहरूद्वारा हुने यौन दुर्व्यवहार र युरोपमा शान्ति जस्ता विषयहरूमा कुरा गर्ने अपेक्षा गरिएको छ ।
संसारका १.४ अरब क्याथोलिकहरूका नेता पोप लियोले शुक्रवार राष्ट्रपति म्याक्रोँसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसपछि उनले युनेस्को मुख्यालयमा एआईलाई नियमन गर्नुपर्ने आवश्यकतामा केन्द्रित सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
पेरिसपछि पोप लियो दक्षिण–पश्चिमी फ्रान्सको लुर्द जाने कार्यक्रम तय भएको छ।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →अन्तर्राष्ट्रिय • १४ अक्टोबर, २०२६
अन्तर्राष्ट्रिय • १३ अक्टोबर, २०२६
अन्तर्राष्ट्रिय • १२ अक्टोबर, २०२६