प्रिस्का अधिकारी 'जुनियरः द पोएट आइडल’ को फाइनलमा

हिमाली बेला
• स्थानीय • २० अक्टोबर, २०२६
प्रिस्का अधिकारी 'जुनियरः द पोएट आइडल’ को फाइनलमा

गान्तोक, 20 अक्टोबर: मुख्यमन्त्री पीएस गोलेलेले काठमाडौँमा आयोजना भइरहेको 'जुनियरः द पोएट आइडल’ को फाइनल चरणमा प्रवेश गर्न सफल प्रिस्का अधिकारीलाई बधाई दिँदै आगामी चरणका लागि शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री गोलेले आज आफ्नो सरकारी निवासमा सिङ्ताम-खाम्दोङ निवासी लक्ष्मण अधिकारीकी छोरी प्रिस्का अधिकारीसँग भेट गरे।

सामाजिक सञ्जालमार्फत आफ्नो भावना व्यक्त गर्दै मुख्यमन्त्रीले प्रिस्काले प्रतिष्ठित प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गर्नु गर्व र उत्साहको विषय भएको बताएका छन्। उनले फाइनल चरणमा उत्कृष्ट प्रदर्शनका लागि प्रिस्कालाई हार्दिक बधाई तथा शुभकामना दिएका छन्।

मुख्यमन्त्री गोलेले प्रिस्काले आफ्नो प्रतिभा र आत्मविश्वासका साथ निरन्तर सफलता हासिल गर्दै परिवार तथा सिक्किम राज्यको नाम उज्ज्वल बनाउने विश्वाससमेत व्यक्त गरेका छन्।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ