चार वर्षमा 111 सांसद-विधायकले पार्टी बद्लिए

हिमाली बेला
• राष्ट्रिय • २७ सेप्टेम्बर, २०२६
चार वर्षमा 111 सांसद-विधायकले पार्टी बद्लिए

नागाल्याण्ड र बङ्गालमा सबैभन्दा अधिक मामिलाः एडीआर रिपोर्ट

नयाँ दिल्ली, 27 सेप्टेम्बरः देशमा 2022 देखि 2026 बीच चुनाउ जितेपछि 111 सांसद र विधायकले पार्टी परिवर्तन गरेका छन्। तीमध्ये 26 लोकसभा सांसद, सातजना राज्यसभा सांसद र 78 विधायक सामेल छन्। एसोसिएशन फर डेमोक्रेटिक रिफर्म्स (एडीआर) र नेशनल इलेक्शन वचको रिपोर्टमा सो दाबी गरिएको छ।

ती रिपोर्टअनुसार पार्टी परिवर्तन गर्ने सबैभन्दा अधिक मामिला नागाल्याण्ड र पश्चिम बङ्गालबाट अघि आएका छन्। नागाल्याण्डमा 32 विधायक एनपीएफमा सामेल भए। तीमध्ये 25 विधायक पहिला एनडीपीपीको टिकटमा चुनिएका थिए। अन्य पार्टीमा सामेल हुने सांसद-विधायकमा 29 अर्थात् 26 प्रतिशत भाजपामा गए।

त्यहीँ कङ्ग्रेसमा नौ अर्थात् आठ प्रतिशत सांसद-विधायक सामेल भए। रिपोर्टमा विधानसभा चुनाउ र उपचुनाअवधि भएको पार्टी परिवर्तनलाई सामेल गरिएको छ। यसमा दलबदल, पार्टी विलय र राजीनामापछि उपचुनाउमा जीत हासिल गरेको मामिला सामेल छन्।

बङ्गालमा 20 जना लोकसभा सांसदले पार्टी बद्लिए

पश्चिम बङ्गालमा पार्टी परिवर्तन गरिएको 20 वटा मामिला लोकसभा सांसदको रहेका छन्। ती सबैले एआईटीसीको टिकटमा चुनाउ जितेका थिए र पछि एनसीपीआईमा प्रवेश गरे।

ती सांसदहरूले पार्टीमा विलय भएको दाबी गरेका थिए। अब लोकसभा अध्यक्ष ओम बिरलाले विलय वैध छ वा छैन भन्ने फैसला दिन बाँकी छ।

तेलङ्गानामा नौ विधायक कङ्ग्रेसमा गए, महाराष्ट्रमा छः सांसद शिन्दे गुटमा भए सामेल

तेलङ्गानामा नौजना विधायक पार्टी परिवर्तन गर्नेमा सामेल छन्। ती सबै बीआरएसबाट चुनिएका थिए र कङ्ग्रेसमा गए। गोवामा आठजना कङ्ग्रेस विधायक भाजपामा गएको मामिला प्रकाशमा आएको छ।

महाराष्ट्रमा छः जना लोकसभा सांसदले उद्धव ठाकरेको शिवसेनाबाट एकनाथ शिन्देको शिवसेनातर्फ प्रवेश गरे।

एनडीपीपीबाट सबैभन्दा अधिक नेता बाहिरिए

जुन पार्टीका नेताहरूले पार्टी परिवर्तन गरे, तीमध्ये सबैभन्दा अधिक एनडीपीपीका 25, तृणमूल कङ्ग्रेसका 20 र कङ्ग्रेसका 19 नेता सामेल छन्।

त्यसपछि बीआरएसका नौ, आप र एनसीपीका सात-सात, शिवसेना (उद्धव बालासाहेब ठाकरे) का छः, जदयूका पाँच र एनपीपीका चार नेता रहेका छन्। एनडीपीपी, एआईटीसी र कङ्ग्रेसबाट पार्टी परिवर्तन गर्ने नेताहरूको सङ्ख्या 64 अर्थात् कुल मामिलाका 58 प्रतिशत रहेका छन्।

एनपीएफमा 32 र भाजपामा 29 नेता सामेल छन्

अन्य पार्टीबाट सबैभन्दा अधिक नेता एनपीएफमा 32 सामेल भए। भाजपामा 29, एनसीपीआईमा 20, कङ्ग्रेसमा नौ, शिवसेनामा आठ, एनपीपीमा छः र पिपुल्स पार्टी अफ् अरुणाचलमा चार नेता सामेल भए। एनपीएफ, भाजपा र एनसीपीआईमा सामेल हुने नेताहरूको सङ्ख्या 81 अर्थात् कुल मामिलाका 73 प्रतिशत रह्यो।

एडीआरले दलबदल कानूनमा बद्लाव सुझाए

एडीआरले भन्यो, “केही राज्यमा विधायकहरूले दलबदललाई सरकार ढाल्ने विषयसित पनि जोड़े। यद्यपि, सङ्गठनले उनीहरूको आँकड़ा पूर्ण रूपमा स्पष्ट नभएको किनभने नेताहरूले पार्टी परिवर्तन गर्ने कुनै व्यवस्थित र सहजै उपलब्ध आधिकारिक डेटाबेस नरहेको भनिएको बताएको छ।

एडीआरले सांसद र विधायकको अयोग्यतासित जोड़िएका याचिकामाथि फैसला लिने व्यवस्थामा बद्लावको सुझाउ दियो। यसअन्तर्गत् सांसदको मामिलामा यो अधिकार राष्ट्रपति र विधायकको मामिलामा राज्यपाललाई दिन सिफारिश गरिएको छ, जसमा चुनाउ आयोगको सल्लाह लिइयोस्।

सङ्गठनले फैसलाका लागि समय-सीमा तय गर्न र पुनः चुनाउ जितेसम्म दलबदल गर्ने सार्वजनिक पद सम्हाल्नबाट रोक्न पनि सुझाउ दिएको छ।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ