जन्तर-मन्तरमा धरना-प्रदर्शनमाथि प्रतिबन्ध

हिमाली बेला
• राष्ट्रिय • १२ अक्टोबर, २०२६
जन्तर-मन्तरमा धरना-प्रदर्शनमाथि प्रतिबन्ध

सरकारले 33 वर्षअघि दिएको थियो अनुमति

नयाँ दिल्ली, 12 अक्टोबरः दिल्लीको जन्तर-मन्तरमा अब प्रदर्शन गर्न पाइने छैन। केन्द्र सरकारले यसलाई निर्धारित प्रदर्शन स्थलको सूचीबाट हटाएको छ। सरकारले 33 वर्षअघि जन्तर-मन्तरमा प्रदर्शनका लागि जग्गा तय गरेको थिथो।

गृह मन्त्रालयद्वारा बनाइएको कमिटीको सिफारिशमा दिल्लीको रामलीला मैदान, बुराड़ी ग्राउण्ड र पूर्वी दिल्लीको सीबीडी ग्राउण्ड प्रदर्शन स्थल बनाइएको छ। यहीँ नै अन्ना आन्दोलन, पहलवानको प्रदर्शन, ककरोच पार्टीको धरना भएको थियो।

ककरोच जनता पार्टीले सीईसी ज्ञानेश कुमारको राजीनामा र एसआईआरमाथि प्रतिबन्धको मागलाई लिएर सोमवार पनि जन्तर-मन्तरमा प्रदर्शनका लागि अनुमति मागेको थियो, तर पुलिसले अनुमति दिएन।

यसअघि सीजेपीले 20 जूनदेखि 25 जुलाईसम्म नीट पेपर लीकको मुद्दामाथि धर्मेन्द्र प्रधानको राजीनामाका लागि प्रदर्शन गरेको थियो। 36 दिनसम्म चलेको यस प्रदर्शनअवधि शिक्षाविद् सोनाम वाङ्चुक पनि भोक हड्तालमा बसेका थिए। 25 जुलाईमा प्रधानको राजीनामापछि प्रदर्शन समाप्त भएको थियो।

गृह मन्त्रालयले बनाएको थियो कमिटी

गृह मन्त्रालयले विरोध-प्रदर्शन र धरना आयोजित गर्न वैकल्पिक स्थानको पहिचान गर्ने उद्देश्यले एउटा कमिटी बनाएको थियो। समितिको सिफारिशपछि ती तीन स्थान प्रदर्शनका लागि निर्धारित गरेको छ।

रामलीला मैदान, बुराड़ी मैदान र सीबीडी मैदानमा धरना-प्रदर्शन आयोजित गर्ने प्रक्रिया र नियमलाई लिएर संशोधित मानक सञ्चालन प्रक्रिया (एसओपी) बेग्लै रूपमा जारी गरिनेछ। अहिले आदेशमा यी दिशा-निर्देशको विस्तृत विवरण दिइएको छैन।

जन्तर-मन्तरमा पहिलो प्रदर्शन

जन्तर-मन्तरमा प्रदर्शन शुरु भएको कथा निकै रोचक छ। संसद भवन नजिक भएकोले जन्तर-मन्तरलाई निकै विशेष मानिन्छ, जुन मानिसले आफ्ना प्रतिनिधिसँग भेटेर आफ्नो कुरा भन्न नपाउँदा जन्तर-मन्तरमा प्रदर्शन नै आफ्नो कुरा सरकारसम्म पुर्‍याउने सबैभन्दा सहज माध्यम हो। जन्तर-मन्तरमा पहिलो विरोध प्रदर्शन 1993 मा डीयूएसयूका अध्यक्ष आशीष सूदले केन्द्र सरकारको एक आदेशपछि गरेका थिए। त्यसपछि यो स्थान हजारौँ साना-ठूला प्रदर्शनको साक्षी बनेको छ।

31 जनवरी, 2003 दिल्ली पुलिसको स्ट्याण्डिङ आदेश नम्बर 309 अनुसार जन्तर-मन्तरमा 5000 भन्दा अधिक मानिसको भेला हुन सक्दैन थियो। यसका साथै प्रदर्शनकारीहरूले आफ्नो वाहन पनि जन्तर-मन्तरमा लैजान सक्दैन थिए। यदि अधिक सङ्ख्या भयो भने मात्रै रामलीला मैदान जाने प्रावधान थियो।

जन्तर-मन्तरअघि कहाँ हुन्थ्यो प्रदर्शन?

जन्तर-मन्तरअघि विरोध-प्रदर्शनका लागि राजपथ (अब कर्तव्य पथ) नजिक बोट क्लब लन सुनिश्चित गरिएको थियो। संसद भवन, राष्ट्रपति भवन, नर्थ र साउथ ब्लक सबैको नजिक भएकोले यो जग्गालाई सत्तालाई चुनौती दिनलाई उपयुक्त मानिन्थ्यो।

यद्यपि 1988 मा किसान नेता महेन्द्र सिंह टिकैतको अगुवाइमा यहाँ हजारौँ किसान एक सातासम्म डटेर बसे। उनीहरूले त्यहीँ खाना-पिना बनाएर खाँदा, आफ्ना पशुहरू बाँधेर राख्दा सरकार हल्लियो।

विज्ञापन यहाँ तपाईंको विज्ञापन देखिन सक्छ 728 × 90 →
विज्ञापन Hotel Gangtok Drift — Footer Banner
ब्रेकिङ