कोलकाता, 19 सेप्टेम्बर (हिस)ः पश्चिम बङ्गालमा नयाँ सरकार गठन भएपछि फसल बिमा योजनाअन्तर्गत 32 लाख किसानको पञ्जीकरण गरिएको छ। यस सङ्ख्यासँगै पश्चिम बङ्गाल देशभरिमा दोस्रो स्थानमा पुगेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले शनिवार बिहान सामाजिक सञ्जाल एक्समार्फत उक्त जानकारी दिएका हुन्। उनले फसल बिमा योजनाका लागि पञ्जीकरणको पहिलो चरणमै किसानबाट अभूतपूर्व प्रतिक्रिया प्राप्त भएको बताए। हालै आएको बाढ़ीबाट प्रभावित किसानको आर्थिक सुरक्षा सुनिश्चित गर्न 2026 को खरीफ मौसममा शीघ्र कदम चालिएको र 15 सेप्टेम्बर, 2026 सम्म व्यवस्थित प्रक्रियामार्फत कुल 32 लाख किसानलाई बिमा योजनाको दायरामा ल्याइएको उनले बताए। मुख्यमन्त्रीले बाढी प्रभावित जिल्लामा किसानको पञ्जीकरणसम्बन्धी तथ्याङ्क पनि सकारात्मक रहेको बताए। विशेषगरी पूर्व मेदिनीपुरमा 7.23 लाख, पश्चिम मेदिनीपुरमा 4.73 लाख, हुगलीमा 1.68 लाख तथा झाडग्राममा 42 हजार किसानको सफलतापूर्वक पञ्जीकरण गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रका किसानलाई सहजता प्रदान गर्न अगस्तदेखि 15 सेप्टेम्बरसम्म प्रत्येक ग्राम पञ्चायत तहमा विशेष शिविर सञ्चालन गरिएको थियो। यसको उद्देश्य किसानलाई प्रत्यक्ष रूपमा बिमा सुरक्षाको दायरामा ल्याउँदै क्षतिको क्षतिपूर्ति प्राप्त गर्ने बाटो सहज बनाउनु रहेको थियो।
किसानमाथिको आर्थिक भार कम गर्न राज्य सरकारले बिमा शुल्कको अधिकांश हिस्सा आफ्नो बजेटबाट व्यहोर्दै आएको छ। नयाँ नियमअनुसार एक हेक्टर अर्थात् करिब ढाई ऐकरसम्म कृषि भूमि भएका किसानले केवल एक रुपियाँ साङ्केतिक शुल्क तिर्नुपर्नेछ। त्यस्तै, एकदेखि दुई हेक्टरसम्म जमिन भएका किसानले प्रतिऐकर केवल एक सय रुपियाँ शुल्क तिर्नुपर्नेछ। बाँकी सम्पूर्ण बिमा शुल्क राज्य सरकारले नै व्यहोर्नेछ।
शुभेन्दु अधिकारीले अगस्य 2026 को बाढ़ीबाट प्रभावित किसानलाई सकेसम्म चाँडो क्षतिपूर्ति उपलब्ध गराउन बिमा कम्पनीहरूलाई मध्यवर्ती क्षतिको मूल्याङ्कन तत्काल पूरा गर्न कडा निर्देशन दिइएको बताए। साथै, ब्याङ्कमार्फत ऋण लिएका किसानको पञ्जीकरणको अन्तिम म्याद 30 सेप्टेम्बर, 2026 सम्म बढाइएको छ। यसबाट पञ्जीकरण गर्ने किसानको सङ्ख्या अझ बढ्ने अपेक्षा गरिएको छ।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →राष्ट्रिय • १६ अक्टोबर, २०२६
राष्ट्रिय • १४ अक्टोबर, २०२६
राष्ट्रिय • १२ अक्टोबर, २०२६