कोलकाता, 4 अक्टोबरः अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले भारतलाई ४–० गोल अन्तरले पराजित गरेको छ।
कोलकाताको साल्ट लेक स्टेडियममा भएको खेलमा ब्राजिलले दुवै हाफमा दुई-दुई गोल गर्यो।
२९औँ मिनटमा इस्तिभाओको गोलमार्फत अग्रता लिएको थियो। ४२औँ मिनटमा पेड्रोले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए।
दोस्रो हाफमा सामुयल लिनोले ५८औँ मिनटमा गोल गर्दै ब्राजिललाई ३–० गोलको अग्रता दिलाए भने उनैले इञ्जुरी समयको अन्तिम क्षणमा गोल गर्दै ४-० गोल अन्तरको जीत दिलाए।
भारतले पनि खेलमा गोलका केही उत्कृष्ट अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन।
ब्राजिलले अब 6 अक्टोबरमा कोलकातामै उरुग्वेसँग अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →खेलकुद • १४ अक्टोबर, २०२६
खेलकुद • ०७ अक्टोबर, २०२६
खेलकुद • २७ सेप्टेम्बर, २०२६